प्रधानमन्त्रीको स्वास्थ्य कति गम्भीर ? डाक्टर भन्छन्– मिर्गौला रोगीलाई छ्युँ आउनु पनि सिरियस – EntFlame

प्रधानमन्त्रीको स्वास्थ्य कति गम्भीर ? डाक्टर भन्छन्– मिर्गौला रोगीलाई छ्युँ आउनु पनि सिरियस


 

कात्तिक १२, २०७५
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण सेन्टर महाराजगञ्जमा उपचारका लागि भर्ना भएका छन् ।

सोमवार बिहान करीब साढे ४ बजे प्रधानमन्त्री ओलीलाई उपचारका लागि भर्ना गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

केही दिनदेखि सामान्य रुघाखोकीबाट प्रभावित प्रधानमन्त्री ओलीलाई छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

शुक्रवारदेखि अस्वस्थ प्रधानमन्त्री ओली नेकपाले शनिवार आयोजना भएको चियापान कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।

आइतवार बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकमा उनी करीब १० मिनेट मात्र सहभागी भएका थिए ।

प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको छ । साथै शरीरमा चिनीको मात्रा पनि असन्तुलित छ ।

२०६४ पछि निरन्तर समस्या

दुवै मिर्गौला फेल भएपछि २०६४ साल असारमा ओलीको मिर्गौला (किड्नी) प्रत्यारोपण गरिएको थियो । उनलाई नातामा भाइबुहारी पर्ने अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् ।

चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति आफ्नो स्वास्थ्यमा निकै सजग हुनुपर्छ । यस्तो बेला सानातिना संक्रमणले पनि ठूलै समस्या निम्त्याउन सक्छन् ।

भारतका मिर्गौला प्रत्यारोपण गरिए पनि प्रधानमन्त्री बन्नुअघि ओलीले ३/४ महिनाको अन्तरमा थाइल्याण्ड गएर नियमित स्वास्थ्य चेकजाँच गराउने गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि ओलीले गत पुसमा थाइल्याण्ड गएर स्वास्थ्य जाँच गराएका थिए । त्यसपछि १० महिनायता प्रधानमन्त्री ओली थाइल्याण्ड गएका छैनन् ।

तनाव र व्यस्तताले स्वास्थ्यमा कम ध्यान

प्रधानमन्त्री निर्वाचित भएपछि व्यस्तताका कारण ओलीले आफ्नो स्वास्थ्यमा पहिलेजति ध्यान दिन सकेका छैनन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले सक्रिय जीवन जिउन आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ ।

भीडभाडबाट सकेसम्म बच्नुपर्छ । यस्तो अवस्थामा सर्न सक्ने सानातिना संक्रमणले पनि ठूलै समस्या निम्त्याउने हुनसक्छ । प्रधानमन्त्री ओलीलाई अहिले भएको त्यस्तै संक्रमण हो ।

सामान्य व्यक्तिमा हुने यस्तो संक्रमण यतिसम्म गम्भीर हुँदैन, तर मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएको हुनाले प्रधानमन्त्रीलाई बढी समस्या भएको हो ।

प्रधानमन्त्रीमा देखिएको यो संक्रमणलाई मिर्गौलासँग पनि जोडेर हेर्नुपर्ने डा. सुन्दरमणि दीक्षित बताउँछन् । ‘हाम्रो शरीर एउटा हो । हामीले पो, यो किड्नी, यो लिभर, यो हार्ट भन्यौं त,’ डाक्टर दीक्षितले भने– ‘शरीरको एउटा अंगमा कमी छ भने अर्कोमा धक्का त पुग्छ नै ।’

मिर्गौला प्रत्यारोपणपछि नियमित सेवन गर्ने औषधिहरूका कारण पनि समस्या हुनसक्छ । डा. दीक्षितले प्रधानमन्त्रीमा यस्तो समस्या देखिनुको केही कारण पनि बताए ।

‘शारीरिक तथा मानसिक तनाव, व्यस्तता, धेरै मानिससँगको जमघटका कारण यस्ता समस्या निम्तिन सक्छ,’ डाक्टर दीक्षितले भने – ‘अहिले त मौसम पनि परिवर्तन भएको बेला छ, उहाँमा त सबै कुराको मिक्स भयो ।’

मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा आउने सामान्य समस्यालाई पनि सिरियस रूपमा लिनुपर्ने उनको भनाइ छ ।

‘यस्ता व्यक्तिको एउटा औंलामा ठेस लाग्यो भने पनि सिरियस हुनुपर्छ । रुघाखोकी, छ्युँ मात्र आयो भने पनि सिरियस हुनुपर्छ, नत्र धोखा खान सकिन्छ,’ उनले भने ।

 

यस्तो छ अस्पतालको विज्ञप्ति :

 


Like it? Share with your friends!

0

What's Your Reaction?

hate hate
0
hate
confused confused
0
confused
fail fail
0
fail
fun fun
0
fun
geeky geeky
0
geeky
love love
0
love
lol lol
0
lol
omg omg
0
omg
win win
0
win

0 Comments

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You may also like

More From: Breaking

DON'T MISS

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube, Vimeo or Vine Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format